१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

सुदुरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा ज्योतिका दुर्इ शाखा एकै साथ सञ्चालनमा

१८ मंसिर, काठमाडाैँ ।  ज्योति विकास बैंक लिमिटेडले थप दुर्इ नयाँ शाखा सञ्चालनमा लयाएको छ । बैंकले मंगलबारट सूदुरपश्चिम प्रदेशको कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

मंगलबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ४, महेन्द्रनगरमा सञ्चालनमा अाएको नयाँ शाखाको नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक किरण पण्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीद्वारा संयुक्त रुपमा उद्घाटन गरे । यस्तै कैलालीको हसुलियामा सञ्चालनमा अाएको नयाँ शाखाको गाउँपालिका अध्यक्ष लाजुराम चौधरी र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गरी एककृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।

ज्योति  विकास बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिम मेसिन मार्फत सेवा उपलव्ध गराउँदै अाएको छ । बैंकले यही आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम मेसिन संचालनमा ल्याउने जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार २२:२३