नुवाकोटका पाँच बालिकालार्इ बन्धक बनाइ बलात्कार गर्ने नेविसंघका नेतासहित चारविरूद्ध मुद्दा दर्ता
१८ मंसिर, नुवाकोट । नुवाकाेटका ५ बालिकालार्इ बन्धक बनाएर बलात्कार गर्ने नेपाल विद्यार्थी संघका दुर्इ नेतासहित चार विरूद्ध जिल्ला अदालत नुवाकोटमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले लामो अनुसन्धानपछि बालिका बलात्कारको अभियोगमा सरकारी वकिल मार्फत मंगलबार अदालतमा मुद्दा दर्ता गरिएको हो ।
नुवाकाेट अादर्श बहुमुखी नेविसंघका पुर्व ईकाई अध्यक्ष बादलमान श्रेष्ठ र नुवाकाेट अादर्श बहुमुखी क्याम्पस नेविसंघका ईकाई उपाध्यक्ष तथा नेविसंघ नुवाकाेटका जिल्ला सदस्य रविन थापा तथा सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाँउपालिका–४ चौघडाका विकास प्याकुरेलविरूद्ध मुद्दा दर्ता गरेको नुवाकोटका प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दैनिकीलार्इ जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले दैनिकीलार्इ जानकारी दिए अनुसार अाजबाट छुनछेकको बहस सुरू भएको छ भने भोलि बिहान १० बजेनै पुनः अदालत पेश गरिनेछ । मुद्दा दर्ता गरिएका चारै जनालार्इ मानव बेचबिखन तथा ओसारपसार अभियोगको समेत अभियोग लगाइएको छ ।

कात्तिक तेस्रो साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । यही कात्तिक २१ गते बुधबार देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले बन्धक बनाएको अवस्थामा सुर्खेतबाट उद्धार गरेको थियो ।
प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १९:४४












