३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

लुम्बिनी प्रदेशमा रु एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु

२२ जेठ, काठमाडाैँ । लुम्बिनी प्रदेशमा रु एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यस्तो पाइएको हो ।

महालेखापरीक्षक लुम्बिनी प्रदेश कार्यालयका नायब महालेखापरीक्षक घनश्याम पराजुलीले प्रदेश प्रमुख शेरचनसमक्ष प्रतिवेदन पेस गरेको प्रतिवेदनमा यस वर्ष प्रदेश मन्त्रालय, समिति तथा अन्य संस्थासमेत गरी रु एक अर्ब १२ करोड ६३ लाख ४६ हजार बेरुजु कायम भएको उल्लेख छ । यस्तै, यहाँका एक सय नौ स्थानीय तहको रु ४ अर्ब ४८ करोड ९३ लाख १९ हजार बेरुजु बाकी रहेको देखिएको छ ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले आर्थिक अनुशासन र पारदर्शिता सबैले पालना गर्नुपर्ने बताए । उनले नियम कानुनको उल्लङ्घन गर्ने जोसुकै सजायको भागीदार बन्नुपर्नेमा समेत जोड दिए ।

यसैबीच लुम्बिनी प्रदेश मुस्लिम आयोगले आजै प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १७:४४