१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड: सांसद दाहाल

२२ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा  उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्छ भने । उनले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गरे ।

“हामीले  सदन सञ्चालनको वस्तुनिष्ठ समीक्षा गर्ने बेला भएको छ । कुनै एउटा समस्या आउने बित्तिकै महिनाैँ सदन अवरूद्ध हुन्छ”, सांसद दाहालले भने, “विवादित विषय किनारा लगाउन संवैधानिक निकाय र राज्यका अख्तियार प्राप्त निकाय छन्, ती निकायलाई काम गर्न नदिएर सदनमा असंसदीय तरिकाले पेस हुन पाइँदैन ।”

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १३:५१