९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

एमाले अध्यक्ष ओलीको फेसबुक कभरमा नेपाली क्रिकेट टिमको तस्बिर

२२ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमको समर्थनमा टिमको तस्बिर फेसबुकको कभर बनाएका छन । आफ्नो पेजमा ओलीले मंगलबार बिहान नेपाली टिमको सामूहिक तस्बिरसहितको कभर परिवर्तन गरेका हुन ।

ओली खेलाडीको मनोबल बढाउन अनेक गरिरहेका हुन्छन । ओली कतिपय अवस्थामा रंगशालामै पुगेर पनि खेल हेर्ने गरेका छन । ओलीले युवासंघ मार्फत आफ्नो नाममा केपी ओली कप गराएर खेलकुदको विकासमा फरक ढंगले योगदान पनि गर्दै आएका छन ।

टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेल नेपालले आज खेल्दै छ । नेपाल क्रिकेट संघका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल अमेरिकाको डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ ।

नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १०:१०