१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

प्रदेश १ मा पुस १ बाट टिपरलार्इ चार घण्टा प्रतिबन्ध

१८ मंसिर, मोरङ । टिपरलार्इ प्रदेश १ मा चार घण्टा प्रतिबन्ध लगाइएकाे छ । टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि प्रदेश १ का १४ जिल्लामा पिक आवरमा गुड्न बन्देज लगाइने भएको छ । टिपरका राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढाउनका साथै ट्राफिक व्यवस्थापनमा असर गरेपछि पुस १ गतेबाट दैनिक ४ घण्टा प्रतिवन्ध लगाउने भएको हो ।

‘प्रदेश १ का १४ वटै जिल्लामा पुस १ गतेबाट विहान ९ देखि ११ र बेलुका ३ बजेदेखि ५ बजे सम्म टिपर आवागमनका रोक लगाइने भएकाे हाे ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १७:३६