१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

अवैध कामदारलाई वैध बन्न युएईले थप्याे एक महिना समय 

१८ मङ्सिर, काठमाडौँ । युएई सरकारले गैरकानुनी रुपमा अाफ्नाे देशमा बसेर काम गरिरहेका आप्रवासी कामदारलाई आममाफी दिने प्रक्रिया एक महिना थप गरेको छ। डिसेम्बर २ देखि लागू हुनेगरी यूएईले एक महिनाको आममाफीको म्याद थप गरेको जानकारी आफ्ना देशमा रहेका कूटनीतिक नियोगमार्फत गराएको छ। सोमबार युएईको नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणले आममाफीका लागि म्याद थप गर्नेबारे विज्ञप्ति जारी गरेको छ।

गएको अगस्ट १ बाट सुरु भएको आममाफी प्रक्रिया डिसेम्बर १ मा सकिएको हो । आममाफीका लागि अगाडि नै प्रक्रिया सुरु गरेकाहरु पनि पुनः यसमा सहभागी हुन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। युएईको राष्ट्रिय दिवसको अवसरमा आममाफीको प्रक्रिया थपिएको हो।

आममाफीमा गैरकानुनी रुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी पूरा गरी आफ्नो देश फर्किने अवसर दिइनेछ। यो अवधिमा युएईमा रहेको नेपाली दूतावाससहित विभिन्न देशका दूतावास तथा कन्सुलेटहरुले घुम्ती सेवा दिनेछ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १६:५८