१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

रिलायन्स लाइफ इन्स्योरेन्सकाे नुवाकोट र धादिङसहित नयाँ ८  शाखा बिस्तार

१८ मंसिर, काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले ८ वटा नयाँ शाखा विस्तार गरेकाे छ । नुवाकोट, धादिङ, बेसीशहर, लेखनाथ, पोखरा, लम्जुङ्ग, बेनी, र कुस्मा गरी ८ वटा शाखाहरुको उद्घाटन सम्पन्न गरेको छ ।

इन्स्योरेन्सका सबै शाखाहरुको उद्घाटन कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा नुवाकोट शाखाको उद्योग वाणिज्य महासंघ नुवाकोटका अध्यक्ष तारा बहादुर कार्की, धादिङ शाखाको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, बेसीशहर शाखाको लमजुङ्ग उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेश थापा, लेखनाथ शाखाको गण्डकी प्रदेश सभाका सदस्य मानबहादुर गुरुङ, पोखरा शाखाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन वहादुर क्षेत्री, लम्जुङ्ग शाखाको उद्योग वाणिज्य महासंघका कार्यकारी समिति सदस्य निर्माण कुमार श्रेष्ठ, बेनी शाखाको म्याग्दी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा र कुस्मा शाखाको पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष केदारनाथ शर्माले उद्घाटन गरेका हुन्।

समुद्घाटन समारोहमा कम्पनीका पदाधिकारी र स्थानिय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १६:३२