८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अखिल क्रान्तिकारीको अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित

३ चैत, काठमाडौं । नेत्र बिक्रम चन्द निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित भएका छन् । गत फागुन २७ देखि दाङको घोराहीमा भएको अखिल क्रान्तिकारी को २१ औं राष्ट्रिय सम्मेलनले चिरन्जीवि ढकालको अध्यक्षतामा ५९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।


निर्वाचित हुनेमा काठमाडौं युनिभर्सिटीबाट चिरन्जीवी ढकाल, नरेन्द्र विक, त्रिभुवन युनिभर्सिटीबाट कमल बडुवाल, पोखरा युनिभर्सिटीबाट लोकेन्द्र सार्की, पोखरा विश्वविद्यालयबाट पुष्प न्यौपाने, सिटिइभिटीबाट प्रज्वल शाही, विज्ञान तथा प्रविधिबाट प्रकाश चन्द, भवानी ओझा, सुदुर पश्चिम विश्वविद्यालयबाट विरेन्द्र शाह, राप्ती ब्यूरोबाट दाङका हेमन्त जिसी, महिला जनजातिबाट प्रितिमा चौधरी प्यूठानबाट पदम पोख्रेल, रुकुमका दिपक विष्ट रहेका छन् भने छ भने नारायणी ब्यूरोबाट मदन केसी र प्रलाद गौतम छन् ।

त्यस्तै लुम्बिनीबाट रमेश गैरे, रुपा बुढा मगर, कुलराज बन्जाडे, शहिद स्मृति विद्यालयबाट तेज विक्रम वली, भेरीबाट मदन चन्द, प्रेम शाही, भरत रावल, कर्णालीबाट रत्न ओथ, प्रकाश विक, सेतीबाट हर्क विक, झलक विक, विरेन्द्र विक, महाकालीबाट विरेन्द्र, प्रकाश जप्रेल, संकर महरा, सन्तोषी भट्टराई लगायत ५९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको हो । बाँकी पदाधिकारी भने केन्द्रीय समितिको बैठकले टुंग्याउने अखिल क्रान्तिकारी ले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार ०९:५०