७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024

चण्डी नाच नाच्दै अष्ट्रेलियामा मनाइयो उभौली पर्व (फोटो फिचर सहित)


एडिलेड । किरात सोसाइटी साउथ अष्ट्रेलियाको आयोजनामा साकेला उभौली किरात ऐले सम्बत् ५०८४ को सुखद अवसरमा किरात पितृ पूजा सहित सामूहिक चण्डी नाच नाचेर उभौली मनाइएको छ ।

एडिलेडको स्थानिय अकल्याण्ड पार्कमा आयोजित कार्यक्रममा परम्परागत  पुजा थानको स्थापना गरि पुजा गरि वरिपरि चण्डी साकेला नाच नाचिएको थियो ।

उभौली पर्व किराँतहरू महान चाड हो । प्रकृति पुजारी किराती समुदायले बैशाख पुर्णिमाको दिनमा यो पर्व बसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ । बालिनाली सबै तिर राम्रो होस संसारमा कहि पनि खाध्यानको कमि नहोस भनेर यो पर्व मनाईन्छ । यो पुजा कृषि युगको शुरुबाटै शुरु भएको मानिन्छ । सुनुवार, राई लिम्बु, याख्खाहरुले मनाउने यस चाडमा सुनुवार र राईहरू साकेला नाच्छन भने लिम्बु र याख्खाहरुले च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन ।

परदेशमा पनि आफ्नो कला-संस्कृति, संस्कार र भेषाभूषालाई जीवन्त बनाउँदै समुदायमा पस्कने कार्य नेपालकै लागि गौरवको कुरा भएको किरात सोसाइटी साउथ अष्ट्रेलियाका अध्यक्ष नबिन कांङवाङले बताए । कार्यक्रमले नेपाली परम्परालाई प्रवासमा जिवन्त वनाउदै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लाने बताए ।

कार्यक्रममा किरात समुदायका युवा युवतीहरु परम्परागत नाच गान र पुजामा संलग्न भैरहदा यहा रहेको नेपाली समुदायमा अगुवाहरु, अभिभावकहरु समेतले पनि साथ दिएका थिए । विहान १२ बजेबाट शुरु भएको कार्यक्रममा परम्परागत नेपाली खानाका परिकारहरुका स्टलहरु समेत राखिएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १४:०६