१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

हुन त पहिले पनि जेल बस्नु भएको हो भन्दै ओली माथि खनिए बालेन

२१ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जेल जान तयार रहन चेतावनी दिएका छ । गिरीबन्धु चिया बगानको जग्गा सट्टा भर्नामा अर्बौको खेल गरेको आरोप लगाउँदै बालेननले यसअघि पनि एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गरेका थिए ।

उनले सोमबार बिहानै सामाजिक सञ्जाल मार्फत पुनः जेल जान तयार रहन चेतावनी दिएका हुन । बालेनले भनेका छन, ‘तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’

उनले बेप्रसंङ्गको सडकको सन्दर्भ जोड्दै ओली माथि धावा बोलेका हुन । बालेनले भनेका छन, ‘१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । ’

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १४:३४