९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

आइसिसी टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियाे १९५ रनको लक्ष्य

२० जेठ, टेक्सास । अमेरिका र वेष्टइण्डिजमा सुरु भएको टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिताकाे पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको हाे ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको हो । अमेरिका र क्यानडाबीचको खेल जारी छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार ०८:५६