१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

२० जेठ, काठमाडाैँ । आज संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्नेछ । दुवै सदनमा  सरकारले जेठ १५ प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेकाे छ ।

संसद् सचिवालयका अनुसार  प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको जनाएको छ । त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ।

यता राष्ट्रियसभा बैठकमा पनि राजस्व र व्ययमाथिको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ । राष्ट्रिय सभामा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिने अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार ०८:३८