२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

सागर डिस्टिलरीको १३ लाख ८८ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता मुल्य कति ?

२० जेठ, काठमाडौँ । सागर डिस्टिलरीले संस्थापक सेयरधनीहरुका लागि प्रिमियम मूल्य थपेर सेयर बिक्री खुला गरेको छ।कम्पनीले १३ लाख ८८ हजार कित्ता सेयर संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको हो।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य १०० रुपैयाँ नै थपेर प्रतिकित्ता २०० रुपैयाँमा सेयर बिक्रीमा ल्याएकाे हाे ।इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनी सञ्चालक समितिसमक्ष सेयर खरिदका लागि आवेदन पेस गर्नुपर्नेछ।

कम्पनीले तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य इच्छुक लगानीकर्ताका लागि सेयर बिक्री खुला गरिने बताएकाे छ ।

केही समयअघि सम्पन्न कम्पनीको विशेष साधारणसभाले जारी पुँजीमध्येको १३ लाख ८८ हजार कित्ता साधारण सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : 08:26