३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

१९ जेठ, दाङ । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ । आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उनकी श्रीमतिले भने भागेर ज्यान जोगाएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार २३:०९