३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

मनाङ घुम्न गएका ललितपुरका प्रकाश ४ दिनदेखि सम्पर्कविहीन

१९ जेठ, काठमाडाैँ । मनाङ घुम्न गएका एक पर्यटक ४ दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ । प्रजिअ लामिछानेले भने, “ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ ।”

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार १३:३९