१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता

१८ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच छलफल भएको हो । भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बुधबार विपक्षी दलहरूको बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका थिए। नेपाल विपक्षी दलको बैठकमा सहभागी भएकाे घटनाले राजनीतिमा तरंग ल्याइरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने नेपाल आफूसँग परामर्श गरेरै प्रतिपक्ष दलहरुको बैठकमा गएको बताएका छन् । नेपालका कारण सत्ता गठबन्धनमा समस्या नआउने उनकाे प्रचण्डको विश्वास छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार १७:०४