कुन देशमा कहिले रोजगारी खुल्छ भनेर नसोध्न श्रममन्त्री विष्टको अाग्रह
१७ मंसिर, काठमाडाैँ । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले अब कुन देशमा कहिले रोजगारी खुल्छ भनेर नसोध्न आग्रह गरेका छन । प्रविधि पत्रकार मञ्च र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री विष्टले देशभित्रै युवाले काम गरेर बस्ने र बाँच्ने वातावरण कहिले बन्छ भनेर सोध्न अाग्रह गरे ।
उनले अबको पाँच वर्षमा सूचना प्रविधिको क्षेत्रमा एक लाख रोजगारी सृजना गर्ने दाबी पनि गरे । मन्त्री बिष्टले देशभित्र रोजगारी सिर्जना गर्नेमा सरकारको ध्यान भएकाले अरु विषय दोस्रो प्राथमिकतामा रहेको बताए ।
प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार २२:४२