१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

विश्व सुन्दरी प्रतियोगितामा नेपाललार्इ एकै पटक दुर्इ सफलता, श्रृंखला हर्षविभाेर

१७ मंसिर, काठमाडाैँ । चीनमा जारी मिस वर्ल्ड २०१८ मा नेपालले एकै साथ दुर्इवटा सफलता पाएको छ । मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि पाएकी छिन । केही बेरअघि अाफ्नाे इन्स्टाग्राममा भिडियाे शेयर गर्दै श्रृंखलाले अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे खबर सुनाउँदै हर्षविभाेर भएकी थिइन् ।

अाफूले मल्टिमिडिया अवार्ड जितेकाेमा खुशी साट्दै श्रृंखलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे सुनाइन् । उनले खुशी मिसिएर गला भारी भएकाे अावाजमा भनिन्, ‘एण्ड, अार्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा अाँखा सुन्निन लाइसक्याे। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।’ ब्यूटी विद अ पर्पस श्रृंखलालार्इ दिलाउन मदत गर्ने उनकाे पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेकाे छ ।

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार २१:५९