१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा नियुक्त

१८ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएको छ ।

गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त भएको हो । यसअघि पनि पाण्डे आयोगको उपाध्यक्ष नियुक्त भएको थियो ।

दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि भएका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस)मा आवद्ध छन् । उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार १०:४९