१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

श्रृंखलाले विश्व सन्दुरीको ताज पहिरिने सम्भावना बढ्यो, मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा

१७ मंसिर, काठमाडाैँ । मिस नेपाल २०१८ श्रृंखला खतिवडा विश्व सुन्दरी प्रतियोगितामा मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा पुग्न सफल भएकी छिन  । श्रंखलाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी हुन् ।

श्रृंखलाले सोमबार सार्वजनिक भएको नतिजामा १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई पछिपार्दै मल्टीमिडिया अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलो पटक हो ।

फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार २१:३१