राज्यविरुद्धकाे संगठित अपराधमा लागेका सीके राउतको बन्दी प्रत्यक्षीकरणकाे रिट सर्वोच्चद्वारा खारेज
१७ मंसिर, काठमाडौँ । राज्यविरुद्धकाे संगठित अपराधमा लागेका सीके राउतको बन्दी प्रत्यक्षीकरणकाे रिट सर्वोच्च अदालतले खारेज गरेकाे छ । सर्वोच्च अदालतले सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको हाे । सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो ।

सर्वोच्चले राउतलाई राज्यविरुद्धको संगठित कुसर मुद्दामा बयानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाउन भनेको छ । रौतहट राज्यविरूद्धको संगठित कसुरमा लागेको भन्दै रौतहट प्रहरीले राउतलाई असोज २१ गते पक्राउ गरेको थियो । यो मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि राउतका आफन्तले कात्तिक १२ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हाले का थिए ।
प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार १९:०३












