धनगढी र नेपालगञ्जको तापक्रम बुधबारकाे भन्दा उच्च रहने पूर्वानुमान
१७ जेठ, काठमाडाैँ । नेपालगञ्ज र धनगढीकाे तापक्रम बुधबारकाे भन्दा उच्च हुने महाशाखाले पूर्वानुमान गरेको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार धनगढीमा वर्षकै बढी गर्मी हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार धनगढीको तापक्रम सबैभन्दा बढी ४३.३ डिग्री सेल्सियस मापन भएको थियो । नेपालगञ्जको तापक्रम पनि ४२.८ डिग्री सेल्सियस पुगेको थियो ।
महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको पूर्वानुमान अनुसार धनगढीको अधिकतम तापक्रम ४३.३६ डिग्री सेल्सियस र नेपालगञ्जको तापक्रम ४२.८ रहने बताएकाे छ ।
प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार ११:२२










