१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

बचतकर्ताको ८ करोड ठगी गर्ने  एयरटेल सहकारीका प्रबन्ध निर्देशक अशोक गोयल पक्राउ

१७ मंसिर, काठमाडौँ । बचतकर्ताको ८ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा एयरटेल सहकारी संस्थाका प्रबन्ध निर्देशक अशोक गोयल पक्राउ परेका छन् । बुधबार समातिएका उनी बिरुद्व प्रहरीले ठगी मुद्दा चलाउन छानबिन गरिरहेको छ । काठमाडौँको धर्मपथमा रहेको सहकारीकी अध्यक्ष सुमन केडियासहित ५ जना फरार छन् । अध्यक्ष केडिया प्रबन्ध निर्देशक गोयलकी श्रीमती हुन् ।

एयरटेल सहकारीमा ठगिएको भन्दै पीडितहरुले सहकारी डिभिजन कार्यालयमा निवेदन दिएपछि उनलार्इ पक्राउ गरिएकाे हाे । उनकाे विरूद्व उजुरी दिने ३० जना रहेका छन्, जसमा अधिकांश मारवाडी समुदायका व्यवसायी छन् । अशोक वंशल, सीमा वंशल, सारिका जैन लगायत ३० जना उजुरीकर्ताको बिगो दाबी ५० करोड पुग्ने अनुसन्धानमा संलग्न प्रहरी स्रोतको अनुमान छ ।

संचालकहरुले सहकारीमा जम्मा भएको रकम हिनामिना गरेर अचल सम्पत्ति किनेको आरोप पीडित पक्षको छ । सहकारीका कर्मचारीहरु पनि तलब नपाएको भन्दै प्रहरीमा उजुरी दिने तयारीमा छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार १८:३५