३ फाल्गुन २०८२, आईतवार | Mon Feb 16 2026

वीरेन्द्रनगर जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुईजना घाइते

१७ जेठ, काठमाडाैँ । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार ०९:४६