सिद्धार्थ राजमार्गमा स्तरोन्नतिको काम शुरू, आजदेखि तीन दिन सवारी चलाउनमा राेक
१७ मंसिर, पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डमा सोमबारदेखि तीन दिन बन्द हुने भएको छ । स्तरोन्नतिको काम शुरु भएकाले बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडकमा रहेको पहिरो हटाउनु पर्ने र मर्मत सम्भार गनुपर्ने भएकाले मंसिर १७ गतेदेखि १९ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म सडक बन्द भएको हो । तर, अत्यावश्यकीय सवारी भने चल्न दिने जनाइएको छ । डिभिजन सडक कार्यालयले बाटो नै बन्द गरेरै मर्मत गर्ने भएपछि यात्रु भने मारमा पर्ने भएका छन् ।
प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार १०:२३












