प्रधानमन्त्री अोलीको दोस्रो पुस्तक ‘माई भिजन’
१६ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पुस्तक ‘माई भिजन’ सार्वजनिक भएको छ। मंसिर १५ गते शनिबार साँझ काठमाडाैँमा अायोजित एक कार्यक्रममा प्रधानमन्त्रीको मार्इ भिजन पुस्तक सार्वजनिक भएको हो ।
प्रधानमन्त्रीको माइ भिजनको पहिलो पाठक भने एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल अाएका भिअाइपीहरू बनेका छन । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार एसिया प्यासिफिक समिटमा सहभागी हुन आएका विदेशी पाहुनालाई ओलीले उक्त पुस्तक प्रदान गरेका छन ।
दोश्रो संस्करणमा पूराना र नयाँ भाषण समेटिएका छन । प्रधानमन्त्रीको ४५ वटा भाषण समेटिएको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक समेत नेपालीमा प्रकाशित छ । प्रधानमन्त्री ओलीले राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको विदेश भ्रमणका दौरान राष्ट्र चिनाउने पुस्तक उपहार दिंदै अाएका छन ।
Seven dignitaries including Daw Aung San Suu Kyi, the State Counsellor of Myanmar unveiled VISION of Rt Hon’ble Prime Minister K P Sharma Oli “Prosperous Nepal, Happy Nepal” yesterday evening.
Congratulation Rt Hon’ble Prime Minister @kpsharmaoli @PM_Nepal pic.twitter.com/VK1rqqVJrz— Bishnu Rimal (@BishnuRimal) December 2, 2018
प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार २३:२७