मदिरा र सुर्तीजन्य पदार्थमा लगाइएको अन्तः शुल्क दर बढ्यो
१५ जेठ, काठमाडौँ । सरकारले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तः शुल्क दर वृद्धि गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी तीस लाख पुगेको छ ।आयकर प्रयोजनका लागि भौतिक उपस्थिति नभएको तर आर्थिक उपस्थितिलाई समेट्ने गरी बासिन्दाको परिभाषामा परिमार्जन भएको छ । यसबाट अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगबाट हुन सक्ने कराधारको क्षयीकरण रोक्ने आधार तयार हुने बताइएको छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १७:४६










