४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

गल्छी-स्याप्रुवेसी-रसुवा सडकको स्तरवृद्धिको लागि १ अर्ब ८० करोड विनियोजन

१५ जेठ, काठमाडौँ । नुवाकोटकाे गल्छी-स्याप्रुवेस-रसुवा सडकको स्तरवृद्धिको लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षामान पुनले आगामी वर्षको बजेटमा उक्त रकम विनियोजन गरेका हुन् ।

पूर्व अर्थमन्त्री प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेट बनाउँदा नुवाकोटलाई बढी बजेट विनियोजन गरेको भन्दै आलोचना भएको थियो । यस वर्ष पनि अर्थमन्त्री पुनले नुवाकोटमा एक नजर लगाएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १७:०१