नुवाकोट कांग्रेसमा ८५ सदस्य एकै पटक मनोनित, तीन पत्रकार पनि परे (सदस्यको सूचीसहित)
१६ मंसिर, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले ८५ जना सदस्यलार्इ अामन्त्रित सदस्यको रूपमा जिल्ला कार्यसमितिमा मनोनित गरेको छ । जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले ८५ सदस्यको मनोनयन गरेको जानकारी दिए । उनले नेपाली कांग्रेसको विधान २०१७ संशोधन २०७२ र नियमावली २०६८ को परिच्छेद ११ को धारा ४९ को उपधारा २ बमोजिम नेपाली कांग्रेसको संगठन निर्माणमा लामो समयदेखि क्रियाशील नेताहरूलार्इ जिममेवारी दिइएको बताएका छन ।
अामन्त्रित सदस्यमा मनोनित हुनेमा माअोवादीबाट कांग्रेसमा पुगेका पूर्ण गजुरेलदेखि प्रकाशचन्द लोहनीको राप्रपा छाडेर निर्वाचनको मुखमा कांग्रेस प्रवेश गरेका शेरबहादुर गजुरेलसम्म रहेका छन । त्यस्तै तीन जना पत्रकार समेत कांग्रेसको अामन्त्रित जिल्ला सदस्यमा मनोनित भएका छन । नुवाकोट पुकारका शुकदेव दाहाल र अग्निवाण पाक्षिकका रविन थपलियाले पनि कांग्रेसको जिल्ला कार्यसमितिमा प्रवेश पाएका छन । त्यस्तै पर्यटन पत्रकारितामा स्थापित भएका गन्तव्य नेपाल पाक्षिकका शिव अधिकारीले पनि कांग्रेसको जिल्ला कार्यसमितिमा प्रवेश पाएका छन ।
हेर्नुहोस् मनोनितको सूची
प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार २२:१८