४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्न बजेटमै गरियाे व्यवस्था

१५ जेठ, काठमाडौँ । सरकारले विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताए । उनले रामजानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रूपमा प्रवर्द्धन गरिने जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:०५