१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन न्याैपाने नियुक्त

१६ मंसिर, काठमाडाैँ । एनआइसी एसिया बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ । बैंकको सञ्चालक समितिले यसअघि कार्यबहाक प्रमुख कार्यकारी अधृकृत रहेका रोशन कुमार न्यौपानेलार्इ नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

९ महिनासम्म कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका न्याैपानेलार्इ  बैंकका अध्यक्ष तुलसीराम अग्रवालले आइतबार नै  पद तथा गोपनियताको शपथ गराएका छन । कम उमेरमै सफल बैंकर बनेका न्याैपाने रसुवागराएकाका हुन ।

२ सय ६८ वटा शाखा सञ्चाल रहेको बैंकका २ सय ८० वटा एटिएम छन् । ३८ वटा एक्सटेन्सन काउण्टर, १९ वटा शाखा रहित बैंकिङ इकाइ छन् । बैंकसँग १६९ अर्ब निक्षेप छ भने ऋण लगानी १४४ अर्ब रुपैयाँ छ । बैंकको ग्राहक संख्या १३ लाख ५० हजार भन्दा बढी छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार २१:१२