८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

आगामी १० बर्षलाई कृषि लगानी दशक घोषणा

१५ जेठ, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका छन् । अर्थमन्त्री पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका हुन् ।

उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन् । कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:५१