८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

बजेटका पाँच रुपान्तरणकारी क्षेत्र घोषणा

१५ जेठ, काठमाडौँ । सरकारले बजेटका पाँच रुपान्तरणकारी क्षेत्र घोषणा गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले कृषि क्षेत्रको रुपान्तरण, उर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता तथा औद्योगिक विकासलाइ रुपान्तरणकारी क्षेत्र घोषणा गरेका हुन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:४०