१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

बजेट भाषण कांग्रेसले पनि सुन्ने, सांसद बैठक सर्यो


१५ जेठ, काठमाडाैँ । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलले पनि बजेट भाषण सुन्ने भएको छ । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र संसदीय छानविन समितिको बाटोबाट कारबाही गर्नुपर्ने मागसहित संसदभित्र मुर्दवादको नारा लगाइरहेको कांग्रेसले मंगलबारको बजेट भाषण सुन्ने सम्भावना देखिएको छ । दलहरूको बीचमा सहमतिको वातावरण बन्दै गएको र मंगलबार बिहान बसेको कांग्रस संसदीय दलको बैठकले सोमबार प्रमुख दलको बीचमा भएको सहमति अनुमोदन गरेकाले मंगलबारबाट संसदको गतिरोध अन्त्य हुने संकेत देखिएको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेस लगायत संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरु सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्षउन्मुख रहेको र सोमवार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको बताए ।

उनले सोमवारको बैठकले कार्यादेश, सदस्यहरु सबै सहमति गरिसकेकाले आजको प्रतिनिधि सभाको बैठकमा कार्यदलले अन्तिम रुप दिएपछि संसदमा आएर समितिका रुपमा बन्ने बताए । उनले ४ बजेको प्रतिनिधि सभा बैठकमा कार्यादेश सहितको सहमति बैठकबाट पारित हुने गरेर प्रश्तुत हुने जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १२:५०