१० असार २०८१, सोमबार | Mon Jun 24 2024

-लक्ष्मण सिटौला

चैतमा चल्ने हुरीले
छिनालेको फूलको गर्धन हु म
असरल्ल झरेको
इन्द्रेणी फूलको सपना हु म
आमाले चामल निफन्दा
एकपटक म कनिका भएर
फ्याकिएको थिए बलेसिमा
रोगी कुखुराले निलेपछी –
म सुली भएर अवतरण भए फेरि,
छेउमा थियो
आमाले सारेको पारिजातको बोट
म एक पित्को सुलि
पारिजातको मल भए,रस भए र बल भए
आखिर सुलि स्वाद बन्यो पारिजातलाई
लहलहायो पारिजात
कृष्णलाई औधी मन पर्ने फूल
म रस बने हागा हागामा फैलिए / सजिए
म जाबो सुलि / पारिजातको फूलमा झल्किए / टल्किए
सुलिबाट फूल बनेको दिन
फेरि चुडिए / र चढे भगवान कृष्णको पाउमा
आरतीको आनन्दमा / मुरलीको धुनमा
हरदिन चढिदै गए
यहाँ बलि बोकाको मात्रै होइन
फूलको हुदोरहेछ
म कृष्णको पाउमा चढ्दै गए
हर आरतीमा सक्किदै गए / निख्रीदै गए
जिन्दगी सक्किनुमा
मलाई कुनै खेद भएन
किनकि म भगवानको पाउमा सक्किए
गणतन्त्र कृष्णको पाउ जस्तै बनोस
अनि कृष्णको स्वरुप यो देश
सेवा गरेर सक्किनी कि
या पाप र भ्रष्टाचार गरेर सक्किनी ?
सुली भएर पनि
पारिजातलाई जस्तै काम लाग्ने कि?
हीरा भएर पनि
कसैको गलामा अड्किने ?

२०८१/०२/१५
गणतन्त्र दिवस

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १२:४४