१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

२५ मेगावाट क्षमताको सेती खोला जलविद्युत आयोजना सामुहिक लगानीमा बन्ने 

१६ मंसिर, लुम्बिनी । सेती खोला जलविद्युत आयोजना सामुहिक लगानीमा बन्ने भएकाे छ । २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजना करिब ५ अर्बको लागतमा झण्डै  १ हजार बढी लगानीकर्ताको सामुहिक लगानीमा यो आयोजना बन्न लागेकाे हाे ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका २ को भराभुरीमा  निर्माण हुन लागेकाे आयोजनाकाे निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको  छ । भिजन लुम्बिनी अन्तर्गतको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजनालाइ रुपन्देहीकै गौरवको रुपमा विकास गरिने जनाएको छ ।

आयोजनाबट उत्पादित विद्युत् बर्षायामको ६ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदको ६ महिना मा प्रतियुनिट आठ रुपैया ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आयोजनामा स्थानीयवासीलाई समेत शेयर दिइने बताइएकाे छ । आयोजनाको ३० प्रतिशत स्वपुँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ। स्वपुँजीमा बुटवल र कास्कीका लगानीकर्तालाईसमेत सहभागी गराइने ऊर्जा कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार १८:१८