१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथि छलफल जारी (LIVE)


१३ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथि छलफल सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १ गते संसदमा प्रस्तुत नीति तथा कार्यक्रम माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेपछि अहिले प्रतिनिधिसभा सदस्यहरूले त्यसमाथिको छलफलमा भाग लिइरहेका छन । सभामुखले संसद बैठकमा दिएको जानकारी अनुसार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेस सुवालले संशोधन प्रस्ताव दर्ता गरेका छन । आजैको बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १२:३१