५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

समृद्धि फाइनान्सद्धारा बुद्ध जयन्ती तथा चण्डी पुर्णिमाको अवसरमा निशुल्क खानेपानी वितरण

११ जेठ, काठमाडाैँ । समृद्धि फाइनान्सले नारायणगढ र बुटवलशाखाबाट मिती २०८१ जेष्ठ १० गतेका दिन २५६७ औँ बुद्ध जयन्तीको अवसरमा भरतपुर ११, भोजाडमा अवस्थित छेच्यु थर्पलिङ्ग गुम्वामा लगभग ३५० जना भन्दा बढी बौद्ध धर्मालम्वी आगन्तुकहरूलाई निशुल्क खानेपानी वितरण गरेकाे छ ।

यस्तै बुटवल १ मा अवस्थित पद्म चैत्य विहार समितिलाई प्रसाद प्रयोजनको लागि फलफुल, सुजि, आटा र पानी वितरण गरेको छ। साथै वनेपामा चण्डी पुर्णिमाको अवसरमा मनाइने चण्डेश्वरी जात्रामा उपस्थित आगन्तुकहरूलाई निशुल्क खानेपानी र जुस वितरण गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार २२:०१