बुद्धजयन्तीले मुलुकमा राष्ट्रिय एकतालाई मजबुत बनाउन प्रेरित गरोस् : सभामुख घिमिरे
१० जेठ, काठमाडौँ । सभामुख देवराज घिमिरेले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेको छ ।
दुई हजार पाँच सय ६८ औँ बुद्ध जयन्तीका अवसरमा सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा आज पनि बुद्धका उपदेशहरू प्रासङ्गिक रहेका तथा अहिंसा नै शान्ति र मैत्रीका आधारशिला हुन् भनेको छ ।
अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचारप्रसार गर्नसके मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुने विश्वास पनि उनले सन्देशमा व्यक्त गरेको छ ।
प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १०:०६










