१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

कार्यदल बैठकः सहमति गरेर सदनको गतिरोध अन्त्य गर्ने समझदारी

८ जेठ, काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेशमा सत्तापक्ष र प्रतिपक्षीबीच मध्यबिन्दु खोजेर अघि बढ्ने सहमति भएको छ।

मंगलबार सिंहदरबारमा बसेको कार्यादेश कार्यदल बैठकले संसदीय समिति बनाउन दुवै पक्षबाट आएका प्रस्तावमा मध्यबिन्दु खोजेर अघि बढ्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

कार्यदेश कसरी बनाउने भन्नेबारेमा कुनै सहमति भइनसकेको उनले बताए।उनका अनुसार आजै फेरि बैठक बसेर कार्यादेशको ड्राफ्टमाथि छलफल हुनेछ।

गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गरेको थियो । त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार ११:३२