६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

नेपाल पुनर्बीमा कम्पनीको सिइओका लागि ५ जनाको नाम सर्टलिस्ट

८ जेठ, काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि ५ जनाको नाम सर्टलिस्ट भएको छ ।

प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो । समितिले दामोदर भण्डारी, नारायण कुमारी भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापाको नाम सर्टलिस्ट गरेको हो ।

गत पुस ११ गतेदेखि रिक्त रहेको नेपाल पुनर्बीमा कम्पनीको सीईओमा ७ जनाले आवेदन दिएका थिए । कम्पनीले सिईओको लागी गत फागुन ७ गते २१ दिनको म्याद राखेर विज्ञापन खोलेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १०:३०