१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु

८ जेठ, काठमाडौँ । सहकारीको रकम ठगीका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउने कार्यदलको बैठक सुरु भएको छ ।

मंगलबार कानुन मन्त्रालयमा सुरु भएकाे बैठकमा टुङ्गो नलागेका विषयमा सहमति जुटाउन प्रयास हुने बताइएकाे छ। गत आइतबार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन । कार्यदलमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ ।

सत्तापक्ष र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति गरेका थिए । सो सहमति अनुसार समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो ।

नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित ४ सदस्यीय कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १०:०६