२ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?
७ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा युनाइटेडको ५.५० प्रतिशत बापतको २ लाख ३१ हजार कित्ता र समता घरेलु लघुवित्तको ५.४२ प्रतिशत बापतको २ लाख १३ हजार ७२०.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब यी कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।
प्रकाशित मिति : 13:42









