१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

१५८ सांसद उपस्थित संसदमा प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत

७ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन । प्रतिनिधिसभाको सोमबार बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको छ ।

विपक्षी दलका सांसदहरुको बिरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन । १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १३:१७