१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

हेड टु हेड च्यालेन्जको टप २० मा परेपछि श्रृखलाले यसरी सम्झिइन सम्पूर्ण नेपालीलार्इ (भिडियाेसहित)


१५ मंसिर, काठमाडौँ । चीनकाे सान्यामा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिताकाे हेड टु हेड च्यालेन्जमा श्रृखला खतिवडा समूह बिजेता हुँदै टप २० मा परेकी छन् । मिस नेपाल वर्ल्ड श्रृखलाले आफ्नो समूहबाट पहिलो हुँदै टप २० मा पर्न सफल भएकी हुन् । उनले आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई पछि पारिन् ।

१२१ जना प्रतिस्पर्धीलाई २० समूहमा बाँडेर हरेक समूहबाट १-१ जना छानिएको हो । यसरी छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्छन् । श्रृखला मल्टिमिडिया अवार्डको बलियो दाबेदार छिन् । मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा उनका लागि फाइनलमा पुग्ने ढोका खुल्छ ।

मल्टिमिडिया अवार्डसँगै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा खतिवडाकाे उपस्थिति बलियो छ । यी तीनमध्ये कुनै एकमा पहिलो भएको खण्डमा उनी छोटो बाटोबाट फाइनलमा पुग्छिन् । अन्यथा निर्णायकहरुको हातमा हुन्छ । उनलार्इ मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार ०८:३७