१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

सुनकाे मुल्यमा नयाँ रेकर्ड, ताेलाकै १ लाख ४१ हजार पुग्याे

७ जेठ, काठमाडौँ ।  साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार नेपाली बजारमा सुनकाे मुल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य  छापावाला सुनकाे मुल्य रू एक लाख ४० हजार नौ सय कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ ।

यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १२:१९