१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

महेश बस्नेतको उम्मेदवारलाई हराउँदै एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा विजयी

७ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा पोलिटब्यूरो सदस्य महेश बस्नेतको उम्मेदवारलाई परिजित गर्दै बचन देउजा पुनः विजयी  निर्वाचित भएका छन् । देउजाले बस्नेतका उम्मेदवार मोहनवीर श्रेष्ठलाई ८९ मतले पराजति गरे । खसेको ४९१ मतमा देउजाले २९० मत प्राप्त गरे भने बस्नेतका उम्मेदवार श्रेष्ठले २०१ मत प्राप्त गरे ।

निर्वाचन परिणाम आइतबार विहान सार्वजनिक भएको हो । देउजा यसअघि पनि अध्यक्ष थिए । मोहनवीर यसअघिका सचिव थिए । देउजा र श्रेष्ठले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । बस्नेतले तयार गरेको प्यानलबाट उपाध्यक्ष र एक जना उपसचिव विजयी भएका छन ।

उपाध्यक्षमा मोहनवीर प्यानलका किरण थापा निर्वाचित भए । उनी वागमति प्रदेश सांसद पनि हुन् । उनले निर्वतमान उपाध्यक्ष एवं देउजा प्यालनका उपाध्यक्षका उम्मेदबार एवं सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका बासुदेव थापालाई पराजित गरेका थिए ।

सचिवमा देउजा प्यानलकै विष्णु तामाङ्ग निर्वाचित भए । साथै एकजना उपसचिवमा पनि देउजा प्यानलकै सानुकाजी कायस्थ निर्वाचित भए । अर्काे उपसचिवमा भने मोहनवीर प्यानलका उत्तरा नेपाल विजयी बने । पार्टीको नवौं जिल्ला अधिवेशनले यी पाँंच पदाधिकारीसहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

जेठ ३ र ४ गतेका लागि तय भएको अधिवेशन नेतृत्व चयन गर्न नसक्दा एक अधिवेशन लम्बिएको हो । बिहीबार र शुक्रबारको अधिवेशन सहमति नभए पनि निर्वाचन भएको हो ।

प्रत्येक वडाबाट सदस्य संख्याको आधारमा र जिल्लामा क्रियाशील १८ वटा जनवर्गीय संगठन र सल्लाहकारबाट समेत गरी कुल ४ सय ९८ जना अधिवेशन प्रतिनिधि चयन भै आएका र उनीहरु मतदानमा सामेल भएका थिए ।

यसअघि अधिवेशन प्रतिनिधि छान्ने विषयमा जिल्लाका ३८ वडा कमिटीमध्ये ३५ वडामा सर्वसम्मत भएको र ३ वटा वडामा भने निर्वाचन नै गर्नुपरेको थियो । ४ नगरमध्ये देउजा प्यानलमा २ र श्रेष्ठ प्यानलमा २ नगर अध्यक्ष उभिएका थिए ।

यस्तो छ मतपरिणाम

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार ०८:५९