६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा, कुन मन्त्रालयमा के भेटियाे कमजाेरी ?

६ जेठ, काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका ४ वटा मन्त्रालयका छड्के अनुमगन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि, गृह, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा परेका हुन् ।

आइतबार केन्द्रले छड्के गर्दा ३२ जना कर्मचारी विदा स्वीकृत नगरी कार्यालय नआएको भेटाएको छ । ७८ जना कार्यालय समयमै उपस्थित नभएको र ४ जना कार्यालयको कक्षमा नभेटिएको केन्द्रले जनाएको छ । २० जना तोकिएको पोशाकविना नै कार्यालय आएको पाइएको केन्द्रले जनाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ७ जना विदा स्वीकृत नगराई अनुपस्थित रहेको भेट्यो भने सात जना कार्यलयमा समयभन्दा ढिलो गरी कार्यालय आएको पायो । ४ जना कर्मचारी कार्य क्षमा नभेटिएको र ९ जनाले तोकिएको पोशाक नलाएको भेटिएको केन्द्रले जनाएको छ ।

यसैगरी गृह मन्त्रालय छड्के गर्दा ९ जना कर्मचारी विदा स्वीकृत नगराई कार्यालयमा नआएको र ३४ जना कार्यालय समभन्दा ढिलो गरी उपस्थित भएको भेटायो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार २०:२५