१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिने तयारी

६ जेठ, काठमाडाैं । गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने तयारी गरिएकाे छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरिरहेको नेपाली कांग्रेसले गृहमन्त्री गृहमन्त्री लामिछानेलाई बोल्न दिने भएकाे हाे ।  सूचना टाँसेर पटक-पटक स्थगित भएको प्रतिनिधि सभाको आइतबारको बैठकमा गृहमन्त्रीलाई बोल्न दिने सहमति भएको हो ।

यसअघि सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपछि बिहीवार संसद्‌मा झडपको स्थिति सृजना भएको थियो । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचनामार्फत दिउँसो २ बजेका लागि सारिएको थियो । २ बजेका लागि तोकिएको बैठक पुनः सूचनामार्फत अपरान्ह साढे ४ बजेका लागि तोकिए पनि बैठक अझै सुरू हुन सकेकाे छैन ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १७:४२